दसैँपछि सुनचाँदीको मूल्यमा उच्च गिरावट, सुन तोलामा झन्डै १० हजार सस्तियो !


काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्यमा उच्च गिरावट आएको छ । गत शुक्रबार अर्थात् असोज ३० गतेको तुलनामा यो शुक्रबारसम्म आईपुग्दा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

असोज ३० गतेपछि दशैँ बिदा सुरुभएसँगै एक साता बन्द भएको सुन कारोबार यो साता लागेसँगै उच्च गिरावट आएको छ । गत शुक्रबार २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ९ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार एकैदिन सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार पनि सुन तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुन तोलामा ३ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा भने उत्तरचढाव कायमसँगै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा ३६० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ हजार ८२५ रुपैयाँमा झरेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार भने चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भई यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।