हिमालयन लघुवित्तको लाभांश घोषणा


काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।

कात्तिक १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।