करदाता प्रोत्साहन कार्यक्रम : कसले जित्यो १० लाख रुपैयाँ


काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।

आज आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ । कात्तिक महिनामा बिग मार्टबाट ४ सय १५ रुपैयाँको सामान किनेका जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका हुन् ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले बम्पर उपहार जितेका हुन् । उनले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए ।

त्यसैगरी, १५ जनाले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।