ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने निगमको तयारी


काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने भएको छ ।

निगमले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो । हाल विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन् ।

यसै सन्दर्भमा निगमले १२ कात्तिकमा गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १२ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।