एनपिएल क्रिकेटः कर्णालीले काठमाडौँलाई दियो १८१ रनको चुनौती


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको योगफल बनायो ।

कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २२ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४४ रनको योगदान दिएका हुन । त्यसैगरी मोहम्मद हुसेन तलातले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे ।

पवन शर्राफले अविजित ३० रन बनाउँदा गुल्सन झाले २० तथा मार्क वाटले १७ रन बनाए । बलिङतर्फ काठमाडौँका करण केसीले दुई विकेट लिए भने साहब आलम, सन्तोष यादव, जहान्दाद खान र देव शाहले समान एक ÷एक विकेट लिए । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।