काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको निस्शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा प्रतिष्ठानका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका लागि ६८ हजार भन्दा बढीको आवेदन परेको हो ।
तालिमका लागि तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइने र त्यो लिंकबाट आवेदकले नाम र मोबाइल नम्बरका आधारमा आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा सहभागी हुने व्यवस्था गरिएको छ ।
आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।






