बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्दा चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९५३.९१ अमेरिकी डलर र चाँदी ४९.८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।