काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावरको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ३३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
नेप्सेले यस दिन कम्पनीको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ३१६ रुपैयाँ १९ पैसा कायम भएको छ।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
कम्पनीले मंसिर १८ गते, शुक्रबार, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।









