सरकारले घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माणका लागि रेमिट हाइड्रोको अवधारणा अघि बढाएको छ । मगंलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। गत वैशाख १६ र १७ मा भएको तेस्रो लगानी सम्मेलनमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुबीच…