काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् । आज अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उनीहरुको…