निजी क्षेत्रका अगुवाहरुले आगामी बजेट र मौद्रिक नीतिबाट सर्वसाधारण र उद्योगी व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने बताएका छन्। आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'इकोनमिक सम्मिट २०२४' को पहिलो सत्र 'बजेटमा निजी क्षेत्रका मुद्दा, नीति निर्माताका योजना' मा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरुले आगामी आवको नीति तथा कार्यक्रम…