यूरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि सहमति बन्ने आधार कठिन

यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)  का प्रमुख वार्ताकार मिसेल वार्नियरले लण्डनको वर्तमान अडान अनुसार बहिर्गमनका सम्झौताका लागि सहमति बन्ने आधार नदेखिएको बताएका छन्। उनले बर्लिनमा जर्मनीका विदेशमन्त्री हेइको माससँगको भेटपछि भने, “अहिलेको बेलायती अडानका आधारमा बहिर्गमनका लागि सम्झौता गर्ने कानूनी समाधान निकाल्न कठिन हुन्छ । बेलायतले ‘ब्याकस्टप’का लागि सारेका सबै लक्ष्यलाई पूरा गर्न…