कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको बनेको नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आजै शपथ लिने भएका छन्। सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए। गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित…