नेपाल लाइफका अभिकर्ताले एमडीआरटी ग्लोबल कन्फ्रेन्समा फहराए नेपालको झन्डा

नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्। विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्सम सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो। २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति थियो।…