सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, कृषिमन्त्री डा…