नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्रलाई गति प्रदान गर्न सरकार तथा राष्ट्र बैंकलाई माग बढाउने नीति अलम्बन गर्न सुझाएका छन् । उनले चालु पुँजी कर्जा मार्गदर्शको संशोधनसँगै कर्जा डिफल्ट सम्बन्धी पछिल्लो निर्देशन खारेज गरे मात्र अर्थतन्त्रमा माग बढ्ने बताएका हुन । उद्योग परिसंघको प्रेजिडेण्ट्स बैंक्वेट कार्यक्रममा अग्रवालले निजी क्षेत्रको लगानी विस्तार गर्न ब्याजदर…