नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरु मार्फत आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवर्द्धनलाई उच्च प्राथमिकतामा दिन आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एन.पी. साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रबद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा…