अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीउपर ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा…