खुर्सानीमा गाउँलाई आत्मनिर्भर बनाउने कृषक यादवको प्रयास

नेपालगञ्ज । भारतीय बजारमा निर्भरता घटाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका किसान व्यावसायिक खुर्सानीखेतीमा जुटेका छन् । सोही सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका–१९ का अगुवा किसान गोपी यादवले विभिन्न प्रजातिका खुर्सानीखेती गर्दै स्थानीय बजारको माग पूरा गर्ने प्रयास गरिरहेका छन् । कृषक यादवले भने, “हामीले आफ्नै खेतबारीमा मेहनत गरेर खुर्सानी उत्पादन गर्न सके परनिर्भरता घटाउन सकिन्छ…