एभरेष्ट बैंकले फोन पे नेपाल संगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप बाट यो सेवा उपभोग गर्न सक्ने छन् । यस सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । विशेष कार्यक्रमका बिच बैंकका नायब महाप्रबन्धक…