नबिल बैंक लिमिटेडले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पती लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले उक्त…