हुन्डाईले प्रभु बैंकसँगको सहकार्यमा ९.९९ प्रतिशत व्याजदरमा विद्युतीय गाडी उपलब्ध गराउने

नेपालका लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रभु बैंकसँगको सहकार्यमा सस्तो व्याजदरमा विद्युतीय गाडी उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार हुण्डाईका कोना र आयोनिक ५ मोडलका विद्युतीय सवारी साधन ९.९९ प्रतिशतको व्याजदरमा उपलब्ध गराउन बैंकसँग सहकार्य गरिएको हो । दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंकसँग सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ…