आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले ग्राहकलाई आफनै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न अनुरोध गरेको छ । राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग अनिवार्य गर्न थालिएको छ । यस्तो अवस्थामा ग्राहक स्वयंमको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङ लगायत सुविधाहरु सुरक्षित साथ प्रयोग गर्न सकिने बताएको छ…