यामाहाको दुई पांग्रे र स्कोडाको प्यासेन्जर भेहिकल बिक्री गर्ने एमएडब्लु इन्टरप्राइजेजको आम्दानी १ अर्बले बढ्यो

एमएडब्लु ग्रुपको लगानी रहेको एमएडब्लु इन्टरप्राइजेजको आम्दानी गत वर्षको तुलनामा एक अर्ब ४१ करोडले बढेको छ । नेपालका लागि यामाहा मोटर साइकल, स्कोडाको प्यासेन्जर भेहिकल तथा स्कुटरहरुको आधिकारिक बिक्रेता रहेको एमएडब्लु इन्टरप्राइजेजले सन् २०२२ मा १६ अर्ब ८५ करोड (अपरिष्कृत) आम्दानी गरेको छ । गत वर्ष कम्पनीले १५ अर्ब ४४ करोड (परिष्कृत) आम्दानी गरेको थियो…