पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने मनकामना केबलकार सम्मानित

मनकामना दर्शन प्रालिलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत ११ औं राष्ट्रिय कर दिवसको अवसरमा कम्पनी सम्मानित भएको हो । बि.स .२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान…