ओमानबाट लगानी र पर्यटक भित्र्याउने पहल गर्न राजदूत अर्यालसंग चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग आग्रह गरेका हुन । आर्थिक हिसावले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै अध्यक्ष राजेन्द्र मल्लले…