नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ । नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको सविस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको बैंकले जनाएको छ । हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ…