महालक्ष्मी विकास बैंकका ग्राहकलाई दियालो फुडल्यान्डमा छुट

महालक्ष्मी विकास बैंक र होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने विज्ञप्तिमा उल्लेख छ । यो सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ…