कानुनमा सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर लाग्ने स्पष्ट व्यवस्था हुँदा पनि दुविधा किन ?

सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा आयमा गणना गर्नु पर्ने व्यवस्था आयकर ऐन २०५८ ले गरेको छ । आन्तरिक राजस्व विभागले एक वर्ष अघि प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा हिताधिकारीलाई कर लाग्ने भएपनि निकायलाई नलाग्ने गरी व्याख्या गरेपछि दुविधा देखिएको हो । आयकर ऐन अनुसार केही आम्दानीबाट लाभांश वितरण गर्दा निकायको आयमा गणना गर्न…