काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको छ । जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो सेवाको सुरुवात गरेको हो । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन तर अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प…