वर्ल्डलिंक कम्युनिकेशनद्धारा मानव सेवा आश्रमलाई ११ लाख रुपैंया बराबरको लत्ता कपडा सहयोग

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ । मंसिर १८ गते वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक मनोज अग्रवाल र विजय जलानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख रुपैंया बराबरको न्यानो कपडा वितरण गरेका हुन् । आश्रमलाई उपलब्ध गराइएका कपडा बुटवलस्थित गार्मेन्टमा तयार गरिएको हो ।…