‘ग्लोबल मनि विक २०२४’ मा सन सेक्युरिटिजको ब्रोकर भिजिट कार्यक्रम

सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) ले आज विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्व विद्यालय अन्तरगतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो । यस अवसरमा त्रिभुवन विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत…