होटल पार्क भिलेजले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” नेपाली बजारमा पहिलो पटक ल्याएको छ । आज (असोज २३ गते) देखि बिक्री शुरू हुने बेन्तो हाललाई ५ विभिन्न किसिमका हुने बताइएको छ । उक्त खाना होक्काइडो रामेन हाउसअन्तर्गत बन्ने छ । भाटभटेनी सुपरमार्केटमा बिक्री गरिने ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार पार्ने…