शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक

रियलमी, सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले १८ हजार रुपैयाँ मूल्यअन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ट्रिपल क्यामेरा, गेम मोनिस्टर रियलमी सी३ फोन सार्वजनिक गरेको छ। रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि भएको कम्पनीको भनाइ छ। जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको छ।…