नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ । समर अफरअन्तर्गतको सेवा साउन १ गते बिहीबारदेखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिलेदेखि नै उपलब्ध केही प्याक यथावत् राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप…