सरकारले कोरोना ट्रेसिङ एप ‘कोभिड एनपी’ ल्याउने

सरकारले कोभिड १९ को महामारीलाई रोक्न र कोरोनाभाइरसको ट्रेसिङ्ग गर्न नयाँ एप ल्याउने भएको छ । सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको अनलाइन छलफलमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले जानकारी दिए । एप निमार्ण कार्य सकिसकेको र परिक्षणमा रहेको बताउदै उनले केहि दिनमै प्रधानमन्त्रीले यसको सार्वजनिक गर्ने बताए ।…