मातृभूमिका अध्यक्ष शर्माको गतिविधि राष्ट्र बैंकको ‘क्लोज सुपरभिजन’मा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मातृभूमि लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिलाई ‘क्लोज सुपरभिजन’ मा राखेको छ । संस्थाका अध्यक्ष लोकराज शर्माले आफू अनुकुलका कामकारबाही गर्न थालेपछि केन्द्रीय बैंकले लघुवित्तमा निगरानी बढाएको हो । मातृभूमिका अध्यक्ष शर्माले नियामकीय प्रावधानविपरीत दोहोरो नियुक्ति खाइरहेको अवस्थामा सञ्चालक समितिका सदस्यहरू फेरबदल गर्ने, सञ्चालक समितिमा आफूअनुकूल व्यक्तिहरूको संख्या बढाउने अभियान चलाएसँगै…