प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन सरकार सकारात्मक रहेको बताएका छन । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै यस क्षेत्रका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने आश्वासन…