विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिँदै रिपब्लिक अफ आइसल्याण्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको…