स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई सहयोग गर्न ब्रिटिश रेडक्रसलाई एक लाख अमेरिकी डलर अर्थात एक करोड ३३ लाख रुपैयाँ दिएको छ । उक्त रकम ब्रिटिश रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्ने छ । बैंकले मानवीय सहायतास्वरुप प्रदान गरेको उक्त रकमले नेपाल रेडक्रस सोसाइटीलाई भूकम्पपीडितको प्राथमिक उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्नेछ…