भारतको मुम्बईमा प्लाष्टिक जन्य वस्तुको वृहत प्रदर्शनी हुने भएको छ । बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी र सम्मेलन आउँदो डिसेम्बर ७ देखि ११ गतेसम्म मुम्बइमा हुन लागेको द अल इण्डिया प्लाष्टिक म्यानुफ्याक्चर एसोशिएसनका अध्यक्ष मनिष देढियाले बताए । नेपालका प्लाष्टिक उत्पादक उद्योगी तथा व्यवसायीहरुलाई प्रदर्शनी एवं सम्मेलनका विषयमा जानकारी गराउने उद्धेश्यले काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष…