भुकम्प पीडितलाई महासंघद्वारा राहत सामग्री हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक १७ गते शुक्रबार राति गएको भूकम्पमा प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरि अन्य संघसंस्था मार्फत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।…