मनाङका लोकल किसानद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन सार्वजनिक

मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाण्डौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरुलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो ।…