एनसेल आजियाटा लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाण्डौंको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो ।…