माछापुच्छ्रे बैंकले “कर्पोरेट पे” प्रणाली प्रदान गर्ने, क्लियरिङ्ग हाउससँग सम्झौता

माछापुच्छ्रे बैंक (MBL) ले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “कर्पोरेट पे” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे  बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।…