अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माण वर्तमान सरकारको प्राथमिकता भएको बताएका छन् । उनले त्यसमा सघाउन निजी क्षेत्रसँग आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग आइतबार अपराह्न आफ्नै कार्यकक्षमा भएको भेटमा अर्थमन्त्री खतिवडाले उद्योगका पूर्वाधार बनाउनेलगायत कामलाई उच्च प्राथमिकता दिइएको बताए। स्वच्छ, पारदर्शी र इमानदारीपूर्वक व्यवसाय गर्न आग्रह गर्दै उनले अनौपचारिक व्यापारबाट विमुख…