न्युरोडमा सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा


सिद्धार्थ इन्स्योरेन्सले काठमाण्डौंको न्युरोडमा शाखा बिस्तार गरेको छ ।

न्यूरोड स्थित खिचापोखरीमा नँया शाखा संचालनमा ल्याएको इन्स्योरेन्सले जनाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेल र कम्पनीका अध्यक्ष रतन लाल केडियाले नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

इन्स्योरेन्सले काठमाण्डौ उपत्यकामा ११ वटा शाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार  १९ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।