ऊर्जा उद्यमीले अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन निर्माण शुरु गर्ने विषयमा सहमति भएको छ । उक्त प्रसारण लाइन निर्माणमा नियोजित रुपमा अवरोध भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आग्रहमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको पहलमा आयोजनाको काम शुरु गर्ने विषयमा सहमति जुटेको हो । वर्षाले अवरोध नगरेमा आगामी दश दिनभित्र…