तीन दर्जन कम्पनीले घोषणा गरे लाभांश, तपाईको कम्पनीले कति दिँदैछ ?

0
Shares

नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुमध्ये भदौ २२ गते आइतबारसम्म तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। कतिपयको भने अघिल्लो आवको समेत रहेको छ।

कूल ३८ वटा कम्पनीले लाभांश घोषणा गरेकोमा सबैभन्दा धेरै लघुवित्तका १९ कम्पनी रहेका छन् । ६ वाणिज्य बैंक र ७ वटा म्युचुअल फण्डले पनि गत आवको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

यस्तै लाभांश घोषणा गर्ने अन्य कम्पनीहरुमा दुई जीबन बीमा कम्पनी छन । यस्तै, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, उत्पादनमूलक उप समूहका एक एक कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। कतिपयले कम्पनीले साधारण सभा समेत बोलाई सकेका छन् । 

हेरौं कुन कम्पनीले कति वितरण गर्दैछ लाभांश ?

लाभांश घोषणा गरेका ६ वाणिज्य बैंकमध्ये ३ बैंकले सबैभन्दा धेरै २१.०५ लाभांश घोषणा गरेका छन् भने लघुवित्तमा मिर्मिरे माइक्रोफाइनान्सले सबैभन्दा धेरै ४७.३७ प्रतिशत घोषणा गरेको छ । यस्तै उत्पादनमूलक क्षेत्रको युनिलिभरले ७७० प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने ७ म्युचुअल फण्डमध्ये लक्ष्मी भ्यालु फण्ड–१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले १५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

लाभांश घोषणा भएका कम्पनीमध्ये कतिपयले गत आर्थिक वर्ष २०७५।०७६ को नभई अघिल्लो आर्थिक वर्ष २०७४।७५ को लाभांश समेत रहेको छ।
अघिल्लो आवको ढिलो गरि लाभांश घोषणा गरेका कम्पनीहरुमा नागरिक लगानी कोष, लुम्बिनी विकास बैंक, नेको इन्स्योरेन्स, नेशनल लाईफ रहेको छ। यी कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन्। गत आर्थिक वर्षको २०७५।०७६ को लाभांश भने पछि घोषणा गर्नेछन्।

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।