काठमाडौँ । पछिल्लो समयमा विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध नभई भन्सार दरलाई आधार मानी निर्माण गरिएको अंकगणितको रस्साकस्सी चलिरहेको छ । यस दौडमा अमेरिकाको नेतृत्व महत्वाकांक्षी डोनाल्ड ट्रम्पले गरिरहेका छन् भने चीनले प्रतिरोध गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ तारिखलाई ‘लिबरेसन डे’ को नाम दिई भन्सार दर नामक रस्साकस्सीको आरम्भ गर्छन्…